अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३५ | Colorodo: 16:50

बेलायतमा नेपालीका कारमा श्रृंखलाबद्ध आगजनी, जातिय घृणाको परिणाम

बिआरटीनेपाल २०७७ वैशाख ४ गते २१:४४ मा प्रकाशित

वेलायतको लण्डनबाट दक्षिणपूर्वमा अवस्थित मेडिस्टोनमा पार्किङमा नेपालीहरुका रहेका कारहरुमा श्रृंखलाबद्ध आगजनी भएको छ। सो घटनालाई कोरोनासित गाँसिएको जातिय घृणाको रुपमा हेरिएको छ। गएराति करिब ११ बजेपछि विष्फोटको आवाज सुनेपछि बाहिर निस्केर हेर्दा परिवार सदस्यहरुले आ–आफ्नो कार जलिरहेको पाएका थिए। मेडिस्टोनको एम्स्टोन लेनमा भएको सो घटनामा पूर्व गोर्खा सैनिक रामकुमार लिम्बुको कारमा क्षति पुगेको छ। पहिलो घटना भएको एक घण्टापछि नजिकैको फान्ट लेनमा अर्को कार पनि जलाइएको थियो। सो कार पनि नेपाली परिवारकै हो। सो घटनापछि पूर्व गोरखा सैनिकको परिवार थप आक्रमण हुनसक्ने डरले भयभित छन्।

रामकुमार लिम्बुकी भतिजीले कोरोना भाइरसको महामारी शुरु भएपछि सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको बताइन्। उनले आफ्ना पितालाई किनमेलका लागि निस्किँदा पनि सुरक्षित रहन सल्लाह दिने गरेको उल्लेख गरिन्। एक घण्टा हिँड्न बाहिर निस्कँदा चाइनिज तिम्रो देश जाउ, चमेरा खान छोड भनिने गरेको थियो, उनले सुनाइन्। आगजनीपछिको त्रासका कारण अब कार आफ्नो घरमा नराख्रे अन्यत्र नै पार्किङमा राख्रने उनले सुनाइन्। मेडिस्टोनका नेपाली मूलका काउन्सिलर दिनेश खड्काले सो घटनाको केन्ट प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ । खड्काले सो घटना नेपाली समुदाय र मेडिस्टोनबासीकै लागि दुःखद रहेको टिप्प्णी गर्नुभयो ।

महामारीको बेलामा सबै मिलेर एकसाथ काम गर्नुपर्ने र एकले अर्कालाई सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। मेडिस्टोनमा गोर्खाहरुको ब्यारेक रहनुका साथै पूर्व गोर्खाहरुको बाक्लो बसोबास छ। घटनाबारे कुरा गर्दै मेडिस्टोनका काउन्सलिर खड्काले सो घटना कोरोना भाइरसको महामारीपछि उत्पन्न जातीय घृणाको उपज हुनसक्ने बताउनुभयो । केही सीमित मानिसहरुले यस्ता महामारीको दोषारोपण कुनै समुदायमाथि गर्न प्रयास गर्ने र दुर्व्यवहारका घटना युकेमा रहेका नेपालीमाथि हुनसक्ने भएकाले सजग रहनु पर्दछ’, खड्काको भनाई छ । घटनाको काउन्सिल लिडर तथा केन्ट प्रहरीले नियमित अनुगमन गरिरहेको बताईएको छ ।
– नेपाल खबरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू