अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

मेची भन्सारबाट आयात निर्यात ठप्प

बिआरटीनेपाल २०७७ वैशाख ४ गते ६:२७ मा प्रकाशित

नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।

बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी नेपालस्थित मेची भन्सार कार्यालयलाई गराएको छ । अवस्था सामान्य नभएसम्म मेची नाकाबाट वस्तु निर्यात गर्न नसकिने भएको छ । भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ ।

लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता दैनिक उपभोग्य वस्तु आयात भइरहेको थियो । नाका बन्द भएसंगै उपभोग्य सामानको अभाब हुन सक्ने चिन्ता बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू