अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

कोरोना सङ्क्रमित पवनकुमार मल्लको न्यूयोर्कमा उपचार समेत नपाइ निधन

विजय थापा २०७७ वैशाख ३ गते २०:३७ मा प्रकाशित

न्यूयोर्कमा हालसम्ममा करिब ३ हजार ७ सय ७८ सय मानिसको उपचार नपाइ घरमा नै मृत्यु

न्यु योर्क । स्वास्थ्य उपचारका लागि संसारमा राम्रो मानिने अमेरिकामा आजकल मानिसहरू उपचार समेत नपाइ मर्न थालेका छन् । तीन सातादेखि कोरोना संक्रमण भएका काठमाडौँका ४४ वर्षीय पवन कुमार मल्ल बुधवार न्यूयोर्कको उड साइड स्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

स्वर्गीय मल्लका पत्नी र छोरीहरू काठमाडौँमा नै रहेको बताइएको छ । तीन सातादेखि कोरोनाबाट सङ्क्रमित भए पनि मल्ललाई अस्पतालमा ठाउँ नभएको भनी भर्ना अस्पतालहरूले भर्ना लिएका थिएनन् । सन् २०१२ मा अमेरिका आएका नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक मल्ल केही समयदेखि न्यूयोर्कमा ट्याक्सी चलाउँथे ।

यसअघि थोक्मे विष्ट र सोनाम लामाको पनि न्यूयोर्कमा उपचार नपाइ घरमा नै मृत्यु भएको थियो । न्यूयोर्कमा हालसम्ममा करिब ३ हजार ७ सय ७८ सय मानिसको उपचार नपाइ घरमा नै मृत्यु भइसकेको छ ।

(तस्बिर : खसोखास डटकम)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू