अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

कोरोना संक्रमणका कारण बेलायतमा थप एक नेपाली महिलाको ज्यान गयो

बिआरटीनेपाल २०७७ वैशाख १ गते २२:३३ मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड– १९ का कारण बेलायतमा थप एक जना नेपाली महिलाको ज्यान गएको छ । सडवरी टाउनमा बस्दै आएकी पोखराकी पुष्पा घलेको कोरोना भाइरस संक्रमणकै कारण ज्यान गएको बताइएको छ । उनी बेलायतको एक होम केयरमा काम गर्दै आएकी थिइन् । बेलायतबाट सञ्चालिक एक अनलाइन नेपाली पत्रिकाका अनुसार ज्वरो र खोकी लागेपछि उनी घरमै आइसोलेशनमा बस्दै आएकी थिइन् । तर, शनिबार अचानक श्वासप्रश्वासमा समस्या आएपछि घलेलाई नर्थवीक पार्क अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याईएको करिब ४ घण्टापछि घलेको निधन भएको र उनको मेडिकल रिपोर्टमा कोरोना पुष्टि भएको बताइएको छ । मृतक घलेकी श्रीमान र एक छोरा छन् । उनी करिब १० वषदेखि लण्डनको सडवरी टाउनमा बस्दै आएकी थिएन् । जानकारी अनुसार अहिले मृतक घलेकी स–परिवार आइसोलेशनमा बसेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा ९, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू