अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

नयाँ वर्ष २०७७ को पहिलो दिन रामप्रसाद खनालले गरेका १३ सँकल्पहरु

रामप्रसाद खनाल २०७७ वैशाख १ गते २१:५४ मा प्रकाशित

नयाँ वर्ष २०७७ को पहिलो दिन रामप्रसाद खनालले गरेका १३ सँकल्पहरु:

१- गलत व्यक्ति र प्रवृत्तिहरूसँग सधैँ बच्ने र टाढा रहने ।

२- “सङ्गत गुनको फल” भन्ने भनाइलाई पूर्ण रूपमा आत्मसाथ गर्दै सङ्गत गर्न लायक, असल मान्छेहरूसँग मात्र सङ्गत गर्ने ।

३- अगाडि चिप्लो घस्ने र पछाडि ब्याक बाइटिङ्ग गर्नेहरूसँग बच्ने र टाढा रहने ।

४- मित्रताको एक्टिङ गरेर पछाडिबाट छुरा धस्नेहरुसँग कोरोना भाइरसबाट बच्न गरिँदै आएको सोसियल डिस्ट्यान्सिङ फर्मुला कायम गर्ने ।

५- सके सम्म, जाने सम्म, पुगे सम्म सहयोगको भावना अगाडि बढाउने तर दूध खुवाई खुवाई गोमन सर्पहरू पालेर आफैलाई डस्न दिने वातावरण बनाउने काम गर्दै नगर्ने ।

६- एकै पटकमा कुरा सुनेर, भावुक बनेर होइन अगाडि पछाडि हेरेर, बहुत कुछ मूल्याङ्कन गरेर मात्र मान्छेलाई विश्वास गर्ने ताकी धोकेबाजहरूले फेरी धोखा दिन नसकुन् ।

७ – राजनीतिको फोहोरमा पर्दै नपर्ने, स्वतन्त्र भएर बाँच्ने ।

८ – अबका दिनमा आफ्नो लागि मात्र नभएर अरूका लागि पनि झनै निस्स्वार्थ भावले सामाजिक कामलाई अगाडि बढाउने ।

९ – सङ्घ संस्थाहरूमा हुँदै आएको संलग्नता घटाउँदै जाने, निस्स्वार्थ भावले काम गर्ने ।

१० – गीत सङ्गीत, साहित्य, कला, लेखन, धर्म र संस्कृतिका क्षेत्रमा काम गर्ने ।

११ – खान पुगोस्, दिन पनि पुगोस् भन्ने भावले काम गर्ने ।

१२ – असल मान्छे बन्नका लागि गरिँदै आएको यात्रा प्रयत्न अगाडि बढाउने ।

१३- कसैको दिल दुखाएर कहिल्यै पनि कुनै पनि कुरा आर्जन गर्न नपरोस् । त्यस्तो भएर बाँच्न पनि नपरोस् भन्ने मान्यतालाई अझ दृढ बनाउने ।

रामप्रसाद खनालको फेसबुकबाट