अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

कोरोना संक्रमण बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७६ चैत ३० गते ८:०७ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्समा एकजना नेपालीको मृत्यु भएको हो ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानिय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा तथ्याङ्क सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।

अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्तुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४, कुवेतमा ५, जापान, मलेसिया, म्यानमार र हङकङमा १/१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू