अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

बेलायतमा भूपू गोरखा सैनिक मल्लको कोरोना संक्रमणबाट निधन

बिआरटीनेपाल २०७६ चैत २९ गते २२:०२ मा प्रकाशित

कोरोना भाइरसका कारण बेलायतमा अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ। स्याङ्जा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको शनिवार उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए। चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको स्थानिय क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले जानकारी दिनुभयो । मल्लको उपचारका क्रममा निधन भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू