अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

अर्थमन्त्री खतिवडाद्धारा अन्तराष्ट्रिय विकास साझेदारसँग भिडियो कन्फ्रेन्स

बिआरटीनेपाल २०७६ चैत २८ गते ७:२३ मा प्रकाशित

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिश्व बैंकसहित अन्तर्राष्ट्रिय दातृ निकायका पदाधिकारीहरुसँग भिडियो कन्फ्रन्स गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले आज बहुपक्षीय विकास बैंकहरु, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयासको बिषयमा छलफल गर्नुभएको हो ।

सो छलफलमा अर्थमन्त्री खतिवडाले आफ्नो भनाई राख्ने क्रममा अहिलेको संकट एक्काईशौ शताब्दीको सबैभन्दा ठूलो मानवीय र आर्थिक संकट रहेको बताउनु भयो । उहाँले विगतका संकट या त मानवीय थिए या आर्थिक थिए र ती अघि पछि भएर आएका उल्लेख गर्नुहुँदै अहिले मानवीय र आर्थिक संकट सँगसँगै आएको बताउनु भयो ।

उक्त छलफलमा डा. खथिवडाले विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टविग सेफर, अन्तर्राष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, एशियाली विकास बैंकका भाईस प्रेसिडेन्ट सिजिन चेन, एशियाली पूर्वाधार विकास बैंकका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि. जे. पान्डिन, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपाल स्थित विश्व बैंकका कन्ट्री म्यानेजर, नेपाल स्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टरसँग प्रत्यक्ष छलफल कुराकानी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू