अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

शुक्रवार अमेरिकी डलरको भाउ घट्यो

बिआरटीनेपाल २०७६ चैत २७ गते २२:२८ मा प्रकाशित

शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ शुक्रबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यो बिहीबारको भन्दा १४ पैसाले कम हो । बिहीबार अमेरिकी १ डलरको बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा थियो । यस्तै बिहीबार अमेरिकी १ डलरको खरिद दर एक सय २१ रुपैयाँ ७६ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू