अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

मेरी-बास्सैका राइफले यमराजको भेषमा

बिआरटीनेपाल २०७६ चैत २७ गते १४:५८ मा प्रकाशित

एक दशक अघि नेपाली चर्चित धारावाहिक टेलिश्रिखला मेरी बास्सैमा निकै चर्चित राइफले फेरी अहिले यमराज र बिर्खेको भूमिकामा प्रस्तुत भएका छन् ।

८८४८ पिक्चर्सका शङ्करराज वाग्ले (एस.राज) यति बेला Covid -19 को त्रासले विश्व नै आतङ्कित भइरहेको अवस्थामा यो रोगको संक्रमण हुन नदिनको लागी आवश्यक सचेतनाहरू अपनाउन अनुरोध गर्दै सबै दर्शकलाई हल्का मनोरञ्जनका साथै सन्देशमूलक भिडियो लिएर आएका छन् । उनले एक दशक अघि नेपाली चर्चित धारावाहिक मेरी-बास्सैमा मात्र हैन कान्तिपुर टेलिभिजनको घरबेटी-बा टेलिश्रिखलामा समेत प्रमुख भूमिकामा रहेर अभिनय गर्दै हाल अमेरिकाको क्यालिफोर्नियामा समेत आफ्नो टिम सहित विभिन्न जल्दो बल्दो विषयहरूमा जनचेतनामूलक भिडियोहरु निर्माण/निर्देशन गर्दै आई रहेका छन् ।

यो भिडियो Covid-19 का कारण मृत्यु भएकाहरू प्रति ब्यग्य नभई जसले स्थानीय सरकारले गरेको सावधानीलाई बेवास्ता गरेका छन् ती व्यक्तिहरूलाई लक्षित गरिएको छ । यति बेला सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजक र सतर्कता अपनाउनु नै हो यसलाई आत्मसात् गरेर पालना गरौँ, प्रस्तुत भिडियो रमाइलोको साथै घरभित्रै बसौँ, भिडभाडमा नजाऔँ र आफू बचेर अरूलाई पनि बचाऔँ भन्ने सन्देशका साथ निर्माण गरिएको छ ।

प्रतिक्रिया