अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

आइसीसी वरीयताको एक दिवसीयमा नेपाल १६ औं र टी–२० मा १५ औं स्थानमा

बिआरटीनेपाल २०७६ चैत २७ गते ७:३९ मा प्रकाशित

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को वरीयतामा नेपालले आफूलाई १६ औं स्थानमा कायम राखेको छ । त्यस्तै, आइसीसी टी–२० मा नेपालले १५ औं स्थान कायम राख्न सफल भएको छ । एक दिवसीय र टी–२० को वरीयतामा नेपालले अघिल्लै महिनाको स्थानलाई कायम राखेको हो ।

एकदिवसीय क्रिकेटमा नेपालले १२ खेलमा २० रेटिङ पाएको छ । त्यस्तै, टी–२० मा २७ खेलमा १ सय १८ रेटिङ पाएको छ । एकदिवसीयमा इङ्ल्याण्ड शिर्ष स्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा न्यूजिल्याण्ड, चौथो स्थानमा दक्षिण अफ्रिका र पाँचौ स्थानमा अष्ट्रेलिया रहेको छ ।

टी–२० को वरीयतामा पाकिस्तान पहिलो स्थानमा रहेको छ । दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा इङ्ल्याण्ड रहेको छ ।

प्रतिक्रिया