अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

विश्व फुटबल महासंघ (फिफा) को नयाँ बरियतामा नेपाल १७० औंं स्थानमा कायम

बिआरटीनेपाल २०७६ चैत २७ गते ७:३७ मा प्रकाशित

विश्व फुटबल महासंघ फिफाको नयाँ बरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ । हालैमात्र फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि खेलकुद प्रतियोगिता खेल्न नपाएको नेपालले कुल ९७४ अंक हात पारेको छ ।
दक्षिण एशियाली देशमा नेपाल भन्दा माथि भारत र माल्दिभ्स रहेका छन । भारत १०८ औं स्थानमा छ । त्यसपछि, माल्दिभ्स १५५ औं स्थानमा कायम छ । नेपालभन्दा तल बंगलादेश भुटान, पाकिस्तान र श्रीलंका रहेका छन् । बंगलादेश १८७ औं स्थानमा छ । भुटान १८९ औं स्थानमा छ । पाकिस्तान २०० औं स्थानमा छ । त्यस्तै, श्रीलंका २०६ स्थानमा छ ।

एशियाली बरियतामा जापान शिर्ष स्थानमा रहेको छ । विश्व बरियतामा बेल्जियम शिर्ष स्थानमा कायम छ । फिफाको नयाँ वरीयतामा २१० देशमा एक देशको मात्र वरीयतामा फरकपन आएको छ । जसमा दक्षिण सुडानको मात्र वरीयता परिवर्तन भएको हो ।

प्रतिक्रिया