अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

कोभिड–१९ बाट अमेरिकामा रहेका निमा तेम्बा शेर्पाको मृत्यु

विजय थापा २०७६ चैत २६ गते २२:०२ मा प्रकाशित

अमेरिकामा एक नेपालीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमण भएर एलमष्ट अस्पतालमा उपचार गराइरहेका निमा तेम्बा शेर्पाको ४३ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनको बुधबार बिहान मृत्यु भएको हो । उनी सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका–४ दिम्बलका बासिन्दा हुन् । शेर्पा किदुग अमेरिकाको आजीवन सदस्य निमाका एक छोरा र एक छोरी छन् । उनी विगत १३ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका थिए ।

केही दिन अघि अस्पताल र परिवारका सदस्यबिच भएको गलत बुझाईका कारण उनको मृत्यु भएको भनी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू