अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

COVID-19 CORONA

समीर आचार्य २०७६ चैत २६ गते ११:५७ मा प्रकाशित

COVID-19 तिमीलाई भन्छन्
कोरोना अरे नाम
दोस्रो विश्व युद्ध जस्तो तर अलग
तिम्रो छुट्टै पहिचान

छोयो भने सर्छौ अरे
सूक्ष्म छौ रे अति
घरमै बस्दा ढोका थुन्दा
आउँदैनौ रे कति

न अस्त्रले नै मर्छौ अरे
नत वस्त्रले नै रोक्छौ रे
तिमीलाई सर्न नदिन,रोक्न
हात धुनु पर्छ अरे

COVID-19 तिमीलाई भन्छन्
कोरोना अरे नाम
दोस्रो विश्व युद्ध जस्तो तर अलग
तिम्रो यस्तो पहिचान

सातै महादेशमा व्यापक तिमी
कोलाहल पार्‍या छौ जन
उपचार छैन जुध्न नसकेर
रोएकाछन लाचार मन

को ठुलो को सानो धनी गरिब
छोडेनौ तिमीले कुनै
कुन देश कुन विदेश को आफ्नू
बनाएछौ सबै पराइ

COVID-19 तिमीलाई भन्छन्
कोरोना अरे नाम
दोस्रो विश्व युद्ध जस्तो उस्तै उस्तै
तिम्रो कस्तो यो पहिचान ?

COVID-19 तिमीलाई भन्छन्
कोरोना अरे नाम
दोस्रो विश्व युद्ध जस्तो उस्तै उस्तै
तिम्रो कस्तो यो पहिचान ?
तिम्रो कस्तो यो पहिचान ?