अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

तातोपानी नाका खोल्न चीन सरकारको निर्देशन

बिआरटीनेपाल २०७६ चैत २५ गते २२:२० मा प्रकाशित

चीनको केन्द्र सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनले आफ्नो स्थानीय प्रशासनलाई उक्त निर्देशन दिएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आवश्यक समन्वय गरी नाका सञ्चालन गरिने जानकारी दिनुभयो । वुहान सहरबाट कोभिड–१९ फैलिन सुरू भएपछि तीन महीना चीनले सबै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । चीन सरकार नै अग्रसर भएर नाका सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भन्नुभयो, ‘चीनले आफ्नो स्थानीय प्रशासनलाई नाका छिटो सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छ ।’ तातोपानी नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीले चीनतर्फको भन्सार सुचारु गर्न निर्देशन भइसकेको जानकारी पाएको बताउनुभयो । चिनिया टोलीले अबको केही दिनमा कार्य योजना बनाउने र नेपाललाई छलफलमा बोलाउने सम्भावना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया