अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३१ | Colorodo: 12:46

गल्फका तीन ठुला प्रतियोगिता स्थगित

बिआरटीनेपाल २०७६ चैत २४ गते २२:१६ मा प्रकाशित

कोरोना भाईरसको महामारीका कारण गल्फका तीन ठुला प्रतियोगिता स्थगित भएको छ । अमेरिकामा आयोजना हुने द मास्टर्स, युएस पिजिए च्याम्पियनसिप र युएस ओपन गल्फ स्थगित गरिएको हो । अप्रिलमा हुने द मास्टर्स नोभेम्बरमा हुनेछ ।

यस्तै आगामी मे महिनामा तय भएको युएस पिजिए अगष्ट र जुनमा तय भएको युएस ओपन सेप्टम्बरमा हुनेछ । त्यस्तै १ सय ४९ औं संस्करणको ओपन च्याम्पियनसिप गल्फ पनि रद्द गरिएको छ । जुलाईमा तय भएको प्रतियोगिता अब सन् २०२१ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू