अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

विश्वभर कोरोना भाइरसबाट ७० हजार भन्दा बढीको मृत्यु, १२ लाख ८७ हजार संक्रमित

बिआरटीनेपाल २०७६ चैत २४ गते ७:१४ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७० हजार नाघेको छ । सोमवार साँझसम्म संक्रमणका कारण ७० हजार ५ सय १५ जनाको ज्यान गएको छ । विश्वभर अहिलेसम्म १२ लाख ८७ हजार १ सय १२ जना संक्रमित भएका छन् भने २ लाख ७१ हजार ८ सय ८२ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण सवैभन्दा बढी इटालीमा १५ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ भने स्पेनमा १३ हजार ५५ र अमेरिकामा ९ हजार ६ सय २० जनाको ज्यान गएको छ।

फ्रान्समा ८ हजार ७८, बेलायतमा ४ हजार ९ सय ३४ , इरानमा ३ हजार ७ सय ३९ र चीनमा ३ हजार ३ सय ३१ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा १ हजार ५ सय ८४ र बेल्जियममा १ हजार ६ सय ३२ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी १ सय १८, पाकिस्तानमा ५० बंगलादेशमा १२, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको ज्यान गएको छ । तर, माल्दिभ्समा १९, नेपालमा ९ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ भने संक्रमितहरु कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू