अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालका चिकित्सकको तलबभत्ता सरकारले ब्यहोर्ने

बिआरटीनेपाल २०७६ चैत २४ गते ७:०५ मा प्रकाशित

सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले निजी अस्पतालका चिकित्सक कोरोनासम्बन्धी उपचारमा संलग्न हुन सरकारीमा आए उनीहरुको तह र सेवासुविधा सरकारी चिकित्सक सरह सरकारले दिने निर्णय गरेको प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

यस्तै निजी अस्पतालमै रहेर कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुको भत्ता पनि सरकारले ब्यहोर्ने भएको छ । बैठकले कोरोनाको महामारीको लागि खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारले १५ सय भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।

क्वारेन्टाइनमा बस्नुपर्नेहरु बसे/नबसेको र स्वास्थ्य सेवासम्बन्धी विषयमा नागरिकलाई उत्प्रेरित गरेबापत प्रतिव्यक्ति एक पटकका लागि १५ सय रुपैयाँ प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । यसअघिको मन्त्रिपरिषद् बैठकले देशभर ५० हजारभन्दा बढी ग्रामीण स्वयम्सेविका परिचालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू