अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

मुलुकका १० ठाउँमा कोरोना भाइरसको परीक्षण

बिआरटीनेपाल २०७६ चैत २४ गते ७:०१ मा प्रकाशित

मुलुकका विभिन्न १० स्थानमा कोरोना भाईरसको परिक्षण शुरु भएको छ । काठमाडौंसहित पोखरा, धरान, हेटौंडा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा कोरोना भाइरसको नमूना परीक्षण शुरु भएको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमूना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १२ सहित १ सय ७ जना आइसोलेसनमा छन्। देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी नेपाल मेडिकल काउन्सिलसहितको टोलीले कोरोना भाइरससँग सम्बन्धित सेवाहरु, जनशक्तिका विषयमा अनुगमन गरेको छ । सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालय अन्तर्गत ११ औ तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिएको छ। प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू