अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

कोरोनाका कारण जापानले एक महिना संकटकाल घोषणा गर्ने

बिआरटीनेपाल २०७६ चैत २४ गते ७:०० मा प्रकाशित

जापान सरकारले कोरोना भाइरस (कोभिड (१९) को खतरालाई मध्यनजर गर्दै महिनासम्म लागू हुनेगरी संकटकाल घोषणा गर्ने भएको छ। मंगलबारदेखि एक महिनासम्म संकटकाल घोषणा गर्ने तयारी गरेको सीएनएनले जनाएको छ।

देशमा संकटकाल घोषणा भएपनि आवश्यक आर्थिक गतिविधि’ सञ्चालन हुने जनाइएको छ। सुपरमार्केट खुल्नेछन्। संकटकालबाट टोकियो, कानगावा, सैतमा, चिबा, ओसाका, ह्योगो र फुकुओका बढी प्रभावित हुने सरकारी अधिकारीले बताएका छन्।

संकटकालले निम्तिने आर्थिक मन्दिसँग जुध्न सरकारले ९ सय ८९ अर्ब अमेरिकी डलरको राहत प्याकेज पनि घोषणा हुने उल्लेख गरिएको छ। हालसम्म जापानमा ३ हजार ६५४ कोरोना संक्रमित पुष्टि भएका छन् भने ८५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू