अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:३५ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइतबार अस्पताल भर्ना गरिएको छ । निरन्तर भाइरस लक्षण देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले विज्ञप्तिमार्फत जनाएको छ । ‘कोरोना भाइरस पुष्टि भएको १० दिनपछि पनि निरन्तर लक्षण देखिएपछि सावधानीका लागि यस्तो कदम चालिएको हो,’ प्रधानमन्त्री कार्यालयले भनेको छ– ‘जोनसनलाई आपत्कालीन अवस्थाका कारण नभई उहाँकै चिकित्सकको सल्लाहअनुसार थप परीक्षणका लागि सावधानीस्वरुप अस्पताल भर्ना गरिएको हो ।’

जोनसनले गत मार्च २७ मा आफूमा कोरोना भाइरस पुष्टि भएको घोषणा गर्नुभएको थियो । त्यसपछि जोनसन डाउनिङ स्ट्रिटमै आइसोलेसनमा बस्नुभउको थियो । शुक्रबार जारी गरिएको भिडियो सन्देशमा उनले आफ्नो स्वास्थ्य अवस्था सुध्रिदै गएको भए पनि ज्वरो अझै रहेको उल्लेख गर्नुभएको थियो ।

१० दिनको आइसोलेसन बसाइमा पनि जोनसनले कोरोना भाइरस प्रकोपसम्बन्धी बेलायती प्रयासको नेतृत्व गर्नुभएको थियो । आइसोलेसेनमै रहँदा उनले दैनिक रूपमा हुने प्रकोप नियन्त्रणसम्बन्धी बैठकको नेतृत्वसमेत गर्नुभएका उहाँले कैयौं भिडियो सन्देशसमेत जारी गर्नुभएको थियो । जोनसनलाई अस्पताल भर्ना गरिए पनि सरकारको नेतृत्व उहाँले नै गर्ने डाउनिङ स्ट्रिटले उल्लेख गरेको छ । सोमबारको कोरोना भाइरस नियन्त्रणसम्बन्धी बैठकको नेतृत्व भने विदेशमन्त्री डोमेनिक राबले गर्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू