अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

कोभिड १९ का कारण मृत्यु हुनेको दर घट्यो

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:३३ मा प्रकाशित

विश्वव्यापी महामारी बनेको कोभिड–१९ अर्थात् नोवेल कोरोना भाइरसका कारण पहिलोपटक मृत्यु हुने दरमा कमी आएको छ । पछिल्लो दुई सातामा इटली, स्पेन र फ्रान्समा भाइरसका कारण मृत्यु हुनेको संख्यामा कमी आएको हो ।

फ्रान्समा पछिल्लो २४ घन्टामा कोरोनाका कारण मात्र ३ सय ५७ जनाको मृत्यु भएको छ । यस्तै सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको इटलीमापनि पनि पछिल्लो २४ घन्टामा मात्र ५ सय २५ जनाको मृत्यु भएको छ । जबकी इटलीमा एकदिनमा ९ सय भन्दा बढीको मृत्यु हुनेको गरेको थियो भने स्पेनमा लगातार तेस्रो दिन कोरोनाका कारण मृत्यु हुने दरमा कमि आएको हो ।

स्पेनमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ६ सय ७४ जनाको मृत्यु भएको छ । अमेरिकाको जोन हपकिन्स विश्व विद्यालयका अनुसार न्यूयोर्कमा पहिलो पटक कोरोनका कारण मृत्यु हुनेको संख्यामा कमि आएको छ ।

पछिल्लो पटक केन्द्रबिन्दु बनेको अमेरिकामा मात्रै कोरोनाका कारण ३ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । कोरोनाका कारण विश्वभर ६९ हजार भन्दा बढीको मृत्यु भएको छ भने १२ लाखभन्दा बढी संक्रमित भएका छन् । २ लाख ६२ हजारभन्दा बढी स्वस्थ भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू