अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

लिबियाका पूर्व प्रधानमन्त्रीको कोरोनाभाइरस संक्रमणबाट निधन

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:२९ मा प्रकाशित

लिबियाका पूर्व प्रधानमन्त्री महम्मद जिब्रिलको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । ६८ वर्षिय जिब्रिललाई २६ मार्चमा कोरोनाभाईरस संक्रमण भएको पुष्टि भएको बीबीसीले जनाएको छ।

कोरोनाभाईरस संक्रमण पुष्टि भएसँगै इजिप्टको राजधानी कायरोमा क्वारेन्टाईनमा बस्दै आएका जिब्रिलको त्यहीँ निधन भएको हो । उहाँ सन् २०११ मा गृहयुद्धका बेला साढे सात महिना लिबियाको अन्तरिम प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू