अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

भारतमा कोरोना विरुद्ध ९ मिनेट बत्ती बन्द गरेर दीप प्रज्वलन गरियो

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:२८ मा प्रकाशित

भारतमा आइतबार राति ९ बजे ९ मिनेट बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालेर सार्वसाधारणले प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानप्रति ऐक्यवद्धता जनाएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका लागि बत्ती निभाएर दिप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीले देशबासीलाई अपिल गर्नुभउको थियो ।

मोदीको सोही अपिलप्रति समर्थन जनाउँदै भारतभर गएराति ९ बजे ९ मिनेट बिजुली बन्द गरेर दीप प्रज्वलन गरिएको हो। प्रधानमन्त्री मोदीले यसकार्यबाट मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहुने बताउनुभएको थियो ।

प्रधानमन्त्री मोदीले समेत दिल्लीस्थित आफ्नो निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिनुभएको छ । भारतमा यतिबेला २१ दिन लामो लकडाउन चलिरहेको छ। आज लकडाउनको १३ औँ दिन हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू