अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

अमेरिकन आइडलको मञ्चमा दिवेशको धमाका, निर्णयक भन्छन्, “तिमी उदाउँदो तारा हौ ”

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:२७ मा प्रकाशित

लोकप्रिय सिङ्गीङ रियालीटी शो, अमेरिकन आइडलमा उत्कृष्ट प्रस्तुति दिँदै आएका नेपालका दिवेश पोखरेललाई निर्णायकले उदाउँदो ताराको संज्ञा दिएका छन् । शीर्ष २० मा पुग्न सफल दिवेशलाई आगामी यात्राको सुभकामना दिँदै निर्णायक मध्येका एक लिओनेल रिचीले उनलाई उदाउँदो ताराको संज्ञा दिएका हुन् ।

रिचीले यसअघिको दिवेशको प्रस्तुतीको पनि खुलेर प्रशंसा गरेका थिए । दिवेसको स्वभाव र गायन कला आफूहरुलाई अत्यन्तै मन परेको भन्दै निर्णायकले पुनः उनको तारिफ गरेका छन् ।

दिवेश अमेरिकन आइडलको शीर्ष २० छनोट भएका छन् । निर्णायकले दिवेशलाई शीर्ष २० मा छनोट गर्न आफूहरुलाई कठिन नभएको पनि बताएका छन् । स्टेज र युट्युबमा ‘आर्थर गन’ को नामले प्रस्तुति दिँदै आएका दिवेशले केही गीत सार्वजनिक गरिसकेका छन् ।

अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक मध्येक एक लुके ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए । अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन् । २० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

प्रतिक्रिया