अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउने ६९ हजार नाघे, १२ लाख ७३ हजार भन्दा बढी संक्रमित

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:२४ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६९ हजार नाघेको छ । सोमवार विहानसम्म संक्रमणका कारण ६९ हजार ४ सय ५६ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण सवैभन्दा बढी इटालीमा १५ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ भने स्पेनमा १२ हजार ६ सय ४१ र अमेरिकामा ९ हजार ६ सय १८ जनाको ज्यान गएको छ।

फ्रान्समा ८ हजार ७८, बेलायतमा ४ हजार ९ सय ३४ , इरानमा ३ हजार ६ सय ३ र चीनमा ३ हजार ३ सय ३१ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा १ हजार ५ सय ८४ र बेल्जियममा १ हजार ४ सय ४७ जनाको ज्यान गएको छ।

विश्वभर हालसम्म १२ लाख ७३ हजार ७ सय ९ जना संक्रमित भएका छन् भने २ लाख ६२ हजार ४ सय ८६ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू