अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

न्युयोर्कमा निधन भए भनिएका ङिमा तेम्बा शेर्पाको अस्पतालमा उपचार हुदै

बिआरटीनेपाल २०७६ चैत २३ गते १४:३० मा प्रकाशित

न्युयोर्क, न्युयोर्कमा शनिबार निधन भए भनिएका ङिमा तेम्बा शेर्पाको स्वास्थ स्थिर रहेको परिवारले जनाएको छ । अस्पतालले दिएको अस्पष्ट जानकारीका कारण सबैमा भ्रम पर्न गएको विरामीका दाई ल्हाक्पा युला शेर्पाले सामाजिक सन्जाल फेसबुकमा लेख्दै जनाएका छन् ।

विभिन्न सामाजिक अभियन्ता,सङ्घ/संस्थाका प्रतिनिधि र सबै वर्गका नेपाली समुदाय लगायत लायन्स क्लब अफ क्विन्स बुद्ध शाखाका संस्थापक अध्यक्ष कृष्ण आचार्य, नेपाल जनसम्पर्क समिति अध्यक्ष आनन्द विष्ट तथा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष प्रभु थापा लगायतले आ-आफ्नो फेसबुकबाट ४ जना नेपालीहरूको निधन भएको भन्दै समवेदना दिएका थिए ।

ल्हाक्पा युला शेर्पाको फेसबुक स्टाटस

सम्पूर्ण नातागोता, आफन्तजन
तथा शुभ चिन्तकहरूमा टशी देलेग!
हाम्रो भाइ ङिमा तेम्बा शेर्पाको सम्बन्धमा हिजो अस्पतालबाट परिवारलाई दिएको जानकारी अनुसार अब मानिस काम नलाग्ने जानकारी दिए पछि हामीले उहाँको नाममा पूजापाठ गर्ने देखि लिएर फेसबुकमा श्रद्धाञ्जली लेख्ने समेत काम भएको थियो। अहिलेको परिस्थिति अनुसार परिवार कोही पनि त्यहाँ जान नमिल्ने भएको हुँदा उनीहरूको सूचनामा भर पर्नु पर्ने भएको हुँदा आज बिहान अस्पताल सम्पर्क गर्दा उहाँको मुटु चलिरहेको जानकारी प्राप्त भएको छ, हामी सबैले उहाँको स्वास्थ्य लाभ प्रार्थना गरौँ।

हामीले दिएको जानकारी अनुसार नै भाइका साथीभाइ तथा शुभचिन्तकहरूले श्रद्धाञ्जली समेत लेखेका हुन्, त्यस विषयमा हामी अन्य थालिने छैनौँ । सम्पूर्ण महानुभाव तथा सङ्घ सस्थाहरुलाई यो जानकारी गराउँदै हामीले अस्पतालको सूचनाकै भर पर्नु पर्ने भएको हुनाले पर्न गएको दुबिधा प्रति क्षमा चाहन्छु। थुची छे !
ल्हाक्पा युला शेर्पा (दाइ)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू