अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

अर्को साता हाम्रा लागि अझै चुनौती छ: ट्रम्प

बिआरटीनेपाल २०७६ चैत २३ गते १३:३४ मा प्रकाशित

वासिङ्टन (एजेन्सी)–– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई साता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या नै बढी देखिएकाले आउँदो दुई सातामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले बताए । पछिल्लो विवरणमा अमेरिकामा कोरोना भाइरसका कारण तीन लाखभन्दा बढी नागरिक सङ्क्रमित भइसकेका छन् ।

ह्वाइट हाउसमा गठन गरिएको कोरोना भाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताए । स्थानीय समय अनुसार शनिवारसम्म अमेरिकामा आठ हजार २९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो ।

राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गर्नु परेको पनि बताउनुभयो । यो जारी भएसँगै अन्य कम्पनीहरूले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास छ ।

कार्यदलकी सदस्य डा म्यारी इ. बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैँ आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठुलै स्वास्थ्य चुनौती देखिने बताइन् । उनले क्षति न्यूनीकरण गर्नका लागि जसले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएको पनि बताइन् । अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९४९ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने एक हजार २३ जनाको मृत्यु भएको छ । एभरेष्टटाइम्सबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू