अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउने ६५ हजार नाघे, १२ लाख १७ हजार भन्दा बढी संक्रमित

बिआरटीनेपाल २०७६ चैत २३ गते ७:०३ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६५ हजार नाघेको छ । आईतवार साँझ( यो समाचार तयार पार्दासम्म) ६५ हजार १ सय ३१ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण सवैभन्दा बढी इटालीमा १५ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ भने स्पेनमा १२ हजार ४ सय १८ र अमेरिकामा ७ हजार ४ सय ५४ जनाको ज्यान गएको छ।

फ्रान्समा ७ हजार ५ सय ६०, बेलायतमा ४ हजार ३ सय १३ , इरानमा ३ हजार ६ सय ३ र चीनमा ३ हजार ३ सय २९ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा १ हजार ४ सय ४६ र बेल्जियममा १ हजार ४ सय ४७ जनाको ज्यान गएको छ।

विश्वभर हालसम्म १२ लाख १७ हजार ७ सय १७ जना संक्रमित भएका छन् भने २ लाख ५३ हजार ६ सय ९८ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू