अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ

बिआरटीनेपाल २०७६ चैत २३ गते ७:०० मा प्रकाशित

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका सबै ९४ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलन मार्फत यो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । नेपाल सरकारले विदेशी विमानहरुलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि अटेर गरी थाई एयरवेज, एयर इन्डिया, सिल्क एयर लगायतका विमानहरुले नेपालमा यात्रु ल्याएका थिए ।

ति यात्रुहरुलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू