अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

कोरोना भाइरस: २२ वर्षीय एमीको यसरी बित्यो १२ दिन

बिआरटीनेपाल २०७६ चैत २२ गते २१:२८ मा प्रकाशित

एमी शिर्सेलले सोचिन्, उनलाई चिसो लाग्यो । २२ वर्षीय उनी स्वस्थ थिइन् । सक्रिय थिइन् । कोरोना भाइरस जोखिमयुक्त उमेर समूहमा पुग्न पनि धेरै वर्ष बाँकी थियो । उनको ज्वरो १०२ नाघ्यो । उनलाई बान्ता भयो । उनको शक्ति क्षीण भयो । फ्रिजसम्म पुग्न पनि सास रोकिन थाल्यो ।

मार्च १४ मा उनलाई बिरामीको लक्षण देखिएको थियो । सुरुमा उनलाई खोकी लाग्यो । उनलाई कमजोरीको महसुस पनि भयो । भोलिपल्ट उनलाई ज्वरो आयो । केनोशा, विस्कन्सिन निवासी उनले कोरोना भाइरस परीक्षण गराउने निधो गरिन । यद्यपि उनलाई कोरोना भाइरसको संक्रमण भएको विश्वास थिएन ।

उता सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले ६५ वर्षभन्दा माथिका वयस्कलाई कोरोना भाइरसको उच्च जोखिम हुने चेतावनी दिएको थियो । अन्य उमेर समूहका गम्भीर बिमार वा स्वास्थ्य अवस्था भएकाले पनि कोरोना भाइरस सङ्क्रमणको उच्च हुने चेतावनी पाएका थिए । यद्यपि पछिल्लो समय यो भाइरसको संक्रमण स्वस्थ युवाहरूमा समेत देखिन थालेको छ । कुनै स्वास्थ्य समस्या नभएका युवाहरू पनि यो भाइरसको संक्रमणबाट गम्भीर बिरामी हुने र उनीहरूको मृत्यु समेत हुन थालेको छ । त्यसपछि स्वास्थ्य अधिकारीहरूले यो भाइरसको संक्रमण जोहोकीलाई हुनसक्ने चेतावनी दिन थालेका छन् ।

परीक्षणको नजिता पर्खिरहँदा एमीको स्वास्थ्य अझ बिग्रियो । उनको स्वास्थ्य परीक्षणको नतिजा १९ मार्चमा मात्र आयो जसले उनी कोरोना भाइरस पोजेटिभ भएको देखायो । जोन हप्किन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार विश्वका ९ लाख ६२ हजार भन्दा बढी मानिस कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । अमेरिकामा यसको सङ्ख्या कम्तीमा २ लाख १६ हजार ७ सय ६८ छ । ‘म ज्यादै कमजोर बने । हिँड्न समेत सकिन । शरीरमा ताकत नै थिएन । ९ दिन सम्म केही खाइन । शरीरमा पानी समेत सकिएको थियो । मलाई लाग्छ यो कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा खराब पाटो हो,’ एमीले भनिन्, ‘म निदाएँ भने फेरी बिउँझिन्न होला जस्तो लाग्थ्यो ।’

एमीले आफूm २ पटक इमर्जेन्सी सेवामा भर्ना भएको तर रातभर राखेर भोलिपल्ट घर फर्काइएको बताइन् । उनी उठ्नै नसक्ने गरी सिकिस्त बनेपछि बाबु आमाले एम्बुलेन्स बोलाएर फेरी अस्पताल लगेका थिए । एमीले गत साता ट्विटरमा आफ्नो वेदना पोखेकी थिइन् । त्यसो गर्नुको कारण थियो, – उनका कतिपय साथीहरूले कोरोना भाइरसको संक्रमणबाट जोखिन सोसियल डिस्टेन्सिङ र सक्दो घरमै बस्ने लगायतका आवश्यक उपायहरू अपनाइरहेका थिएनन् ।

‘केही साथीहरू मायामीबाट भर्खर फर्केका थिए । केही साथीहरू फ्लोरिडामा छुट्टी मनाउँदै थिए,’ उनले भनिन् । आफू कोरोना भाइरससँग अस्पतालमा जुधिरहँदा साथीहरू भने कोरोना भाइरसलाई बेवास्ता गरिरहेको अवस्थाले उनलाई अझ निराश बनाएको थियो । आफ्ना लागि नभए पनि अरूका लागि उनीहरूले कोरोना भाइरसको संक्रमणबाट जोगिन गाइडलाइन पालना गर्न जरुरी थियो ।

‘क्वारेन्टाइनको महत्त्व साँच्चीकै छ । ब्वाइफ्रेन्ड पनि सँगै रहनु हुँदैन ।’ उनले भनिन्, ‘यस्तो अवस्थामा स्वार्थी र धैर्य हुनु ज्यादै जरुरी छ ।’ उनलाई आफ्नो कथाले अरू युवालाई हौसला दिने आशा छ । उपचारपछि उनी अहिले स्वस्थ छिन् ।

एबिसी न्युज, Photo Courtesy: Amy Shircel

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू