अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

मन्त्रीपरिषद् बैठक– कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय

बिआरटीनेपाल २०७६ चैत २२ गते ८:१३ मा प्रकाशित

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्यापिड टेस्ट गर्ने र पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

यस्तै बैठकले एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला जिल्लाको आवागमन नियन्त्रण गर्ने निर्णय पनि गरेको छ । यसको लागि प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न निर्देशन दिएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि हाल लगाइरहेको लकडाउन थप कडा बनाउने निर्णय गरेको छ ।

हालसम्मको लकडाउन सफल भएको निस्कर्ष पनि सरकारको छ । ११ गते पहिलोपटक लगाइएको लकडाउन १८ चैतपछि दोश्रोपटक थप भएको थियो । उक्त अवधि २५ चैतमा सकिँदैछ । अर्कोपटक लकडाउन थप्ने करिब निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू