अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

प्रधानमन्त्री ओलीद्वारा बहराइनमा रहेका नेपालीको अवस्थाबारे जानकारी

बिआरटीनेपाल २०७६ चैत २२ गते ७:३६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइका प्रधानमन्त्रीसँग नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको छ । शनिबार बहराइनका प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीबारे चासो राख्नुभएको हो ।

प्रधानमन्त्री ओलीले ट्वीटर ह्याण्डल मार्फत कोभिड १९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको देशका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा शनिबार बहराइनका प्रधानमन्त्रीसँग कुराकानी गरेको उल्लेख गर्नुभएको छ ।

यो अप्ठेरो समयमा नेपाली श्रमिकका लागि बहराइनबाट प्राप्त सहयोगका लागि उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ १२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । साथै, अन्य देशका राष्ट्र प्रमुखसँग पनि संवाद गर्ने प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू