अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

प्रधानमन्त्री ओलीद्वारा चीन सरकार र चिनियाँ जनताप्रति ऐक्यबद्धता

बिआरटीनेपाल २०७६ चैत २२ गते ७:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले शनिबार घोषणा गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा चीन सरकार र चिनियाँ जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा सहानुभूति एंव समवेदना प्रकट गर्न चीन सरकारले शनिबार घोषणा गरेको राष्ट्रिय शोक दिवसको सन्दर्भमा प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नो तर्फबाट ऐक्यबद्धता जनाउनुभएको हो ।

राष्ट्रिय शोक दिवसको दिन शनिबार चीनका सरकारी कार्यालयहरुमा आधा झन्डा झुकाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू