अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

नेपालका मदरसमा लुकेर बसेका ११ जनालाई क्वारेनटाइनमा भर्ना गरियो

बिआरटीनेपाल २०७६ चैत २२ गते ७:३१ मा प्रकाशित

बारा र पर्साको विभिन्न मदरसामा लुकेर बसेका ११ जनालाइ सिमरामा संचालित कोरोना भाइरस विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले विभिन्न मदरसामा लुकेर बसेका भारतको जमातमा सहभागी हुन सक्ने आशंकामा उनीहरुलाई क्वारेनटाइनमा भर्ना गरिएको हो ।

इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले मदरसामा लुकेका पर्सा जिल्लाका ११ जना मध्ये १ जना बारा जितपुरका तबलिगी जमातमा सहभागी रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट नेपाल छिर्दै गरेको अवस्थामा ११ जना मुसलिम समुदायका केही व्यक्तिलाई क्वारेन्टाइनमा यसअघि नै राखी सकेको छ । उनीहरुलाई क्वारेन्टाइनमा १४ दिन राखेर स्वास्थ्य अवस्था चेकजाँच गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू