अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

कोभिड १९ को परिक्षण ६ वटा प्रदेशबाट सुरु

बिआरटीनेपाल २०७६ चैत २२ गते ७:३० मा प्रकाशित

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र परिक्षण भइरहेको कोभिड १९ को परिक्षण ६ वटा प्रदेशबाट पनि हुन सुरु भएको छ । प्रदेश एकको धरान, गण्डकी प्रदेशको पोखरा, बागमती प्रदेशको हेटौंडा, प्रदेश दुइको जनकपुर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सुरु भएको हो । ६ वटै प्रदेशबाट कोभिड १९ को स्वाब परिक्षण भइरहेको मन्त्रालयले जनाएका छन् ।

तर प्रदेश पाँचमा भने अहिलेसम्म कोभिड १९ परिक्षण सुरु हुन सकेको छैन । रुपन्देहीको भैरहवामा रहेको गहुँ बाली अनुसन्धान केन्द्रको भवनमा प्रयोगशाला जडानको काम भइरहेको प्रदेश पाँच सामाजिक विकास मन्त्रालयले जनाएको छ । अबको एक दुइ दिनमा सञ्चालनमा आएर परिक्षण सुरु हुने मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर उमाशंकर चौधरीले बताउनुभयो ।

आजैबाट चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु गर्ने तयारी भइरहेको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो । भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू