अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

मुलुकमा लकडाउन आज बाह्रौ दिन जारी

बिआरटीनेपाल २०७६ चैत २१ गते २३:५६ मा प्रकाशित

मुलुकमा सरकारले गरेको लकडाउन आज बाह्रौ  दिन पुगेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सम्भावित जोखिम कम गर्न सरकारले यही चैत ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेको थियो।

लकडाउनका कारण मानिसहरु अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाएका छैनन्। सडकमा सवारीसाधनको आवतजावत प्रायः शून्य छ । सधैँ व्यस्त देखिने देशका मुख्य शहरहरुमा मानिसहरुको चहलपहल देखिएको छैन ।

लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न सडकमा बाक्लोरुपमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ । बन्दाबन्दीको अवज्ञा गरेर बाहिर निस्कने मानिस तथा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ।

यसैबीच, विद्यमान लकडाउनवारे आवश्यक निर्णय गर्न आज नेपाल सरकार मन्त्रीपरिषद्को बैठक बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू