अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

नयाँ दिल्लीमा सम्पन्न धार्मिक भेलामा सहभागी एक नेपालीलाई कोरोना भएको पुष्टि

बिआरटीनेपाल २०७६ चैत २१ गते २३:१८ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।

भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । उनीहरु दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तराष्ट्रिय भेलामा सहभागी थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्ला रहेका छन् ।

कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ । परीक्षण गरिएका अर्का एक नेपालीको रिपोर्टमा भने कोरोना संक्रमण नदेखिएको बताइएको छ । अम्बाला पुगेका अन्य ६ जना नेपालीको भने परीक्षण हुन बाँकी छ । अम्बाला पुगेका आठै जना भेलाका सहभागी सबै जना पर्सा जिल्लाका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू