अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

नेपालमा हालसम्ममा १२ सय ७७ जनाको नमूना परीक्षण

बिआरटीनेपाल २०७६ चैत २१ गते २३:१७ मा प्रकाशित

नोबेल कोरोना भाइरस कोभिड १९ को शङ्कामा नेपालमा हालसम्ममा १२ सय ७७ जनाको नमूना परीक्षण गरिएको छ । यो परीक्षणबाट ६ जनामा मात्रै कोभिड १९ पुष्टि भएको छ । ६ जनामध्ये एक जना स्वस्थ भएर घर फर्किसकेका छन् । नेपालमा एक सय २० जना आइसोलनमा रहेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देबकोटाले १ सय ७ जनाको नमूना परीक्षण गर्ने तयारी भएको बताउनुभयो ।

उनीहरूको विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गर्नेछ । कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको नमूना संकलन गरिएको र नतिजा आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता देबकोटाले जानकारी दिनुभयो । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका सबै ५६ जनाको पनि नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू