अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

जापानमा २१ वर्षीय नेपाली युवतीलाई कोरोनाको संक्रमण

बिआरटीनेपाल २०७६ चैत २१ गते २१:१२ मा प्रकाशित

काठमाडौँ, कोरोना भाइरसको संक्रमणबाट जापानमा २१ वर्षीय नेपाली युवतीलाई सङ्क्रमित भएकी छिन । केअर गिभरको रूपमा कार्यरत ती युवतीलाई उनले हेरचाह गर्ने बृद्धबृद्धाबाट सरेको अस्पतालले पुष्टि गरेको छ । ती युवतीको इवाराकी प्रिफेसनको चुकुबा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले उनको व्यक्तिगत विवरण बाहिर ल्याएको छैन । उनलाई कोरोना भएको पुष्टि भए लगत्तै दूतावासलाई अस्पतालले जानकारी दिएको थियो । दूतावासले पनि परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले अस्पतालमार्फत दूतावास सङ्क्रमितको सम्पर्कमा रहेको टेलिफोनमा बताए । दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू