अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने सरकारको निर्णयको आलोचना

बिआरटीनेपाल २०७६ चैत २१ गते ७:४६ मा प्रकाशित

सरकारले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयय गरेको चर्चा बाहिरिएसँगै सरकारी कदमको आलोचना सुरु भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री कमल थापासँगै सत्तारुढ नेकपाकै नेताले पनि सरकारी कदमको आलोचना गर्न थालेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सार्वजनिक खरिद बिक्रीको काममा सेनालाई प्रयोग गर्न नहुने ट्विटमार्फत आचोलना गर्नुभएको छ । सेनाको कार्यक्षेत्रबाहिरको काममा सेना स्वयंले पनि रुचि देखाउन नहुने थापाको भनाइ छ । नेकपाको विदेश विभाग उपप्रमुखसमेत रहनुभएका नेकपाका नेता विष्णु रिजालले समेत मेडिकल सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ ।

गत आइतबारको मन्त्रीपरिषद बैठकले मेडिकल सामग्रीको खरीद स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजनमा रक्षा मन्त्रालयले नेपाली सेनामार्फत जीटूजीद्वारा गर्ने निर्णय गरेको सूचना बाहिर आएपछि यसबारे बहालवाला मन्त्रीले नै आश्चार्य प्रकट गरेका छन् ।

मन्त्रीपरिषदमा यसबारे कुनै निर्णय नभएको तर बैठकपछि प्रधानमन्त्री र मुख्यसचिवले बुँदा थप गरेको केही मन्त्रीले गुनासो गरेका छन् । सरकारले छिमेकी भारत र चीनलाई अनुरोध गरिए पनि उनीहरु नै समस्यामा परेकाले जीटुजीबाट किन्न नसकिएको सञ्चार तथा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू