अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई घर फर्किन अस्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७६ चैत २१ गते ७:३५ मा प्रकाशित

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेको छ । कोरोना संक्रमितको सख्या बढ्न थालेपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो मुलुकको भ्रमण रहेका अन्तर्रा्ष्ट्रिय पर्यटक र विद्यार्थीलाई घर फर्किन आग्रह गर्नुभएको हो । अस्ट्रेलियामा अहिले कोरोना संक्रमितको संख्या पाँच हजार २२४ छ भने २७ जनाको मृत्यु भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै उहाले सरकारी सुविधा उपलब्ध नहुने भएकाले घर फर्किनु नै उत्तम भएको बताउनु भयो । ‘अस्ट्रेलियामा पर्यटक आउनु एकदम प्रिय कुरा हो । तर, यो कठिन परिस्थिति हो । त्यसकारण यो बेला तपाईं घर फर्किँदा राम्रो हुन्छ । तपाईं आफ्नो मुलुकमा हुँदा तपाईंले सरकारबाट उपलब्ध हुने सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ ।’

उहाले अहिले अस्ट्रेलियाले आफ्ना नागरिकलाई बढी ध्यान दिएकोसमेत स्पष्ट पार्नुभयो । ‘अहिले कोरोना संक्रमणको संकटका बेला अस्ट्रेलियाले आफ्ना नागरिक र यहाँका बासिन्दालाई बढी ध्यान दिनुपरेको छ’, उहाले भन्नुभयो । प्रधानमन्त्री मोरिसनले आफ्नै कमाइले टिक्न नसक्ने विभिन्न मुलुकका विद्यार्थीहरुलाई समेत आ–आफ्नै मुलुक फर्किने बेला भएको बताउनु भयो । ‘अस्ट्रेलियामा आएर पहिलो वर्ष अध्ययन गरिरहेका विद्यार्थीहरु जसले आफ्नो पढाइलाई एक वर्षसम्म धान्न सक्दैनन् । उनीहरुका लागि आफ्नो घर फर्किने विकल्प पनि छ’, उहाको भनाई थियो ।

मोरिसनले अरु देशबाट अस्ट्रेलिया पुगेर त्यहाँ फलफूल टिप्ने वा अन्य मौसमी कृषि काम गर्न चाहनेले त्यहाँको एक ठाउँबाट अर्को ठाउँ पुगेपछि १४ दिन अनिवार्य सेल्फ–आइसोलेसनमा बस्नुपर्नेसमेत बताउनु भयो । अन्य विभिन्न भिसामा अस्ट्रेलियामा रहेकाहरुले पनि अनिवार्य यहाँ बस्नुपर्ने बाध्यता नरहेको उनले बताए । उहाँले अस्ट्रेलियाको सीमा अहिले बन्द भइनसकेको जानकारी दिँदै भन्नुभयो, ‘अन्य मुलुकबाट फर्किने नागरिकलाई पनि सीमा खुला छ । उनीहरुलाई १४ दिनको अनिवार्य क्वारेन्टाइनका लागि सरकारले होटले व्यवस्था गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू