अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

भारतमा कोरोना र कोभिडको जन्म

बिआरटीनेपाल २०७६ चैत २१ गते ७:३३ मा प्रकाशित

कोरोना भाइरस अर्थात कोभिड–१९ लाई रोकथाम गर्नका लागि लगाइएको लकडाउनको समयमा भारतमा नवजात जुम्ल्याहाको जन्म भएपछि उनीहरुको नाम कोरोना र कोभिड राखिएको छ । भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहा बालक र बालिका रहेका छन् । बीबीसीका अनुसार उनीहरूका अभिभावकले विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको बताएका छन्।

जुम्ल्याहा मार्च २७ मा जन्मिएका थिए । जुम्ल्याहाकी आमा भन्छिन् ‘हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ, त्यही भएर यी जुम्ल्याहाको नाम कोरोना र कोभिड राखियो । ’जन्मिएलगत्तै अस्पतालका कर्मचारीहरूले जुम्ल्याहा बच्चाहरुलाई कोरोना र कोभिड भनेर बोलाउन थालेका थिए । जसकारणले पनि अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको बताइएको छ ।

कोरोना र कोभिड रायपुरस्थित डा.बीआर अम्बेडकर मेमोरियल अस्पतालमा जन्मिएका थिए । स्वास्थ्य अधिकारीका अनुसार आमा र सन्तान दुबै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू