अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

भारतमा कोभिड १९ का कारण ७२ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ चैत २१ गते ७:३० मा प्रकाशित

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । जस मध्ये १५ जना दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा अहिलेसम्म २ हजार ५ सय ६७ जना संक्रमित बनेका छन् ।

सरकारले २१ दिनसम्म लकडाउनको घोषणा गरेको छ । मार्चमा दिल्लीको तबलिगी जमातमा भएको कार्यक्रममा झण्डै ४ हजार मानिस सामेल भएको र त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण भएको भारतिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू