अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

कोरोनाविरुद्ध भारतीय प्रधानमन्त्री मोदीको नयाँ घोषणाः ९ मिनेट बिजुली बन्द

बिआरटीनेपाल २०७६ चैत २० गते २२:३५ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार राति ९ बजे ९ मिनेटका लागि भारतभर बिजुली बन्द गरेर कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।

शुत्रबार बिहान एक भिडियो सन्देश मार्फत मोदीले ९ मिनेट बिजुली बन्द गरेर मैनवत्ती, दियो, टर्च या मोबाइलको लाइट बाल्दै एकताको सन्देश दिन आग्रह गर्नुभएको हो । यसबाट १ सय ३० करोड भारतीय जनता कोरोनालाई हराउन सक्षम रहेको सन्देश विश्वमा जाने मोदीको भनाई थियो ।

कोरोनाविरुद्ध भारत एकजुट रहको सन्देश विश्वलाई दिन यो आग्रहलाई स्वीकार गर्न पनि उहाँले अपिल गर्नुभयो । यसअघि जनता कर्फ्यूका माध्यमबाट विश्वलाई भारतले सन्देश दिएको मोदीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू