अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

कोरोनाको खोप परीक्षणमा सफलता मिलेको अमेरिकास्थित पिट्सबर्ग विश्वविद्यालयको दावी

बिआरटीनेपाल २०७६ चैत २० गते २२:३० मा प्रकाशित

अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेको छ ।यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन् ।

पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन् । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ ।अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो । मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी (रोग प्रतिरोधक) उत्पादन गर्ने देखायो । जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ ।

विश्वविद्यालयका अन्वेषकहरूले मुसाको एन्टिबडी (रोग प्रतिरोधक)ले भाइरसलाई निष्प्रभावी गर्न पर्याप्त रहेको जनाएका छन् । शोधकर्ताहरू अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट अनुसन्धानका लागि नयाँ औषधि स्वीकृति खोज्ने प्रक्रियामा रहेको उल्लेख गरेका छन् । अर्को केही महिनामा मानवमा क्लिनिकल (रोग विषयक)परीक्षण शुरु हुने आशा उनीहरुले व्यक्त गरेका छन् । शोधपत्रका सहलेखक डा एन्ड्रिया गाम्बोटोले विश्वविद्यालयका अन्वेषकहरू यति चाँडो कदम चाल्न सफल भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू