अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

फ्रान्सले लैजान ठिक्क पारेको मास्क अमेरिकाले अपहरण गर्यो

बिआरटीनेपाल २०७६ चैत २० गते २२:१९ मा प्रकाशित

कोरोना भाइरसको कहरमा फसेको विश्वमा विचित्रका अनेकन घटना देख्न र सुन्नमा आएका छन् । कोरोना कहरको बर्तमान अवस्थामा न कोही मित्र रहने भए न शत्रु नै । यस्तै घटना ब्यहोर्न परेको परेको छ फ्रान्सले । अनेकन मोर्चामा साथै लडेको आफ्नै मित्र भनिएको अमेरिकाले आफुले चीनसँग किन्न ठिक्क पारेको मास्क अपहरण शैलीमा उडाइदिएको हो ।

अमेरिकाले फ्रान्सले लैजान ठिक्क पारेको मास्क तीन÷ चार गुणा बढी पैसा तिरेर बीचबाटै ’हाइज्याक’ गरेको फ्रान्स इस्टर्न रिजनका जिन रोट्नरलाई उधृत गर्दै फ्रान्स इन्फोले जनाएको छ । यो क्षेत्र कोरोना भाइरसबाट फ्रान्सकै सबैभन्दा प्रभावित मानिएको छ ।

चिनियाँ पनि के कम, व्यापारी न परे । फ्रान्स उडाउन विमानमा ठिक्क पारिसकेको मास्क तीन– चार गुणा नै बढी पैसा पाउने भएपछि अमेरिकालाई बेचिदियो । उता आफु कहाँ आउन लागेको मास्क अमेरिकाले बीचबाटै उडाइदिएपछि फ्रान्स भने अन्यौलमा परेको खबरमा उल्लेख छ । रोट्नरले यो अस्वस्थ प्रतिष्पर्धा हो भन्दै अरू मास्क खोजिरहेको जनाएका छन् ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ भने फ्रान्समा पनि यसबाट दिनप्रतिदिन सयौंले ज्यान गुमाइरहेका छन् । दुबै देशका जनताले यो महाब्याधीबाट बच्न बेलैमा सतर्कता र होशियारी नगरेको भन्दै सरकारको अनलोचना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू