अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

विरामीको उपचारमा हेलचेक्रयाई गर्नेमाथि मेडिकल काउन्सिलको छानविन सुरु

बिआरटीनेपाल २०७६ चैत २० गते ७:४८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलले लकडानपछि अस्पतालमा विरामीको उपचारमा हेलचेक्रयाई गर्नेमाथि छानविन सुरु गरेको छ । कोभिड १९ को आशंकाका भरमा अन्य विरामीको समेत न्युनतम उपचार नगरेर अन्यत्र पठाउने गरेको भन्ने समाचार आएपछि काउन्सिलले छानविन थालेको जनाएको हो ।

मानव जातिलाई नै ग्रसित बनाएको कोभिड १९ को महामारीले नेपाललाई पनि प्रभावित पारेको भन्दै यसबाट हुने क्षतीलाई न्युनिकरण गर्न सम्बद्ध पक्ष लागिरहेको अवस्थामा यस्तो कोभिड १९ विरुद्धको लडाईमा स्वास्थ्कर्मी, स्वास्थ्य संस्था र स्वास्थ्य मन्त्रालय मातहतका निकायको निर्णायक भुमिका रहनुपर्ने काउन्सिकका रजिष्टार डाक्टर कृष्ण अधिकारीले बताउनुभयो ।

काउन्सिलले नेपालको पछिल्लो विकसित घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै चिकित्सकलाई निर्देशिका अनुसारको सुरक्षाकवचको प्रयोग गर्दै विरामीको उपचारमा सरिक हुन अपिल गरेको छ । त्यस्तै अस्पतालमा आकस्मिक उपचारमा ढिलाइ नगर्न तथा कोभिड १९ का लागि नतोकिएका अस्पतालले कोभिड १९ बाहेक अन्य रोगीको जरुरी सेवा यथावत सञ्चालन गर्न निर्देशन दिएको छ । त्यस्तै काउन्सिलले कुनैपनि विरामी अस्पतालबाट रेफर गर्नुपरे स्क्रिनिङ गरी यातायातको समेत व्यवस्था गरेर मात्रै गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू