अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने चीनका वैज्ञानिकको दाबी

बिआरटीनेपाल २०७६ चैत २० गते ७:४४ मा प्रकाशित

चीनका वैज्ञानिकले अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने दावी गरेका छन् । चीनका वरिष्ठ वैज्ञानिक डा. झाङ्ग न्यानसेनले कोरोना भाइरसलाई लिएर विश्वमा देखिएको संक्रमणको दर आउने ४ हप्तामा शून्यतिर झर्ने बताउनुभएको छ ।

चीन सरकारले कोरोना भाइरसलाई लिएर बनाएको विशेष समितिका प्रमुख ८३ वर्षका डा. झाङ्गले चीनमा पनि अब कोरोना भाइरसले कुनै प्रभाव नपार्ने बताउनुभयो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डा. झाङ्गले कोरोनासँग जित्नकालागि सबैभन्दा पहिले संक्रमणको दरलाई न्यून बनाउन र त्यसलाई रोक्नु आवश्यक रहेको भन्दै यदि यो काम गर्न सकियो भने यसको खोप वा औषधिको बारेमा पत्ता लगाउन र रोगलाई समाप्त गर्न सकिने प्रष्ट पार्नुभयो ।

विभिन्न मुलुकले कोरोना भाइरसको रोकथामका लागि गरेको काम सराहनीय रहेको र यसले पनि कोरोनालाई समाप्त गर्न मद्दत पुग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू