अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

अस्ट्रेलियामा कोभिड–१९ को सम्भावित दुई खोपको ल्याब परीक्षण सुरु

बिआरटीनेपाल २०७६ चैत २० गते ७:४३ मा प्रकाशित

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरस कोभिड–१९ को सम्भावित दुई खोपको ल्याब परीक्षण सुरु गरेका छन् । अक्सफोर्ड यूनिभर्सिटी र अमेरिकी कम्पनी इनोभिनो फर्माक्युटिकलले बनाएको खोप जनावरमा परीक्षणका लागि विश्व स्वास्थ्य संगठन डब्लुयूएचओले अनुमति दिएको छ । अस्ट्रेलियाको नेशनल साइन्सले यो खापले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्नेछ, यो खोप मानिसका लागि सुरक्षित रहे–नरहेको पनि परीक्षण हुनेछ ।

यसैबीच, स्पेनमा कोभिड १९ कारण १० हजार भन्दा बढिको मृत्यु भएको छ । एकै दिनमा ९ सय ५० जनाको मृत्यु भएको छ । कोभिड १९ का कारण इटाली पछि स्पेनमा सबैभन्दा धेरैको मृत्यु स्पेनमा भएको हो । कोभिडका कारण विश्वभर ९ लाख ४१ हजार मानिस संक्रमित भएका छन् । कोभिडका कारण बिश्वभर ४७ हजार ५ सय २२ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार ९ सय २९ मानिस निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू